विभिन्न बैंकका बाउन्स चेक काट्ने नुवाकोटका लोहनीलाई १५ दिन कैद, २४ लाख रुपैयाँ जरिवाना

<p>काठमाडौं । आफ्नो बैंक खातामा प्रयाप्त रकम नभएपनि बाउन्स चेक काट्ने नुवाकोटका पारस लोहनीलाई १५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं। ९ हाल ललिपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १४, तिखिदेवलमा बस्ने उनलाई उच्च अदालत पाटनले सो जरिवाना सुनाएको हो । अदालतले उनलाई बैंकिङ [&hellip;]</p>

काठमाडौं । आफ्नो बैंक खातामा प्रयाप्त रकम नभएपनि बाउन्स चेक काट्ने नुवाकोटका पारस लोहनीलाई १५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं। ९ हाल ललिपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १४, तिखिदेवलमा बस्ने उनलाई उच्च अदालत पाटनले सो जरिवाना सुनाएको हो । अदालतले उनलाई बैंकिङ कसूरमुद्दामा गत वर्ष माघ २९ गते सो जरिवानाका लागि फैसला गरेको भएपनि उनी फरार रहेका थिए ।

उनलाई हिजो काठमाण्डौंको मातातिर्थमा लुकिछिपिबसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले बताएको छ । उनी ४३ वर्ष उमेरमा हुन् ।

Share News