
काठमाडौं । सानिमा बैंकले डिजिटल काउन्टर संचालनमा ल्याएको छ । नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आएको बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै साउन १३ गतेदेखि उक्त सेवा संचालनमा ल्याएको हो ।
यससँगै अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ई बैंकिङ्ग’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरी रकम निकाल्न सक्ने छन् । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।