
काठमाडौं । मेगा बैंक नेपालले ग्राहकलाई लक्षित गर्दै साना तथा मझौला(एसएमई) कर्जा योजना ल्याएको छ । बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो ।
यससँगै अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने हुने छ ।
मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।