ह्याकरको निशानामा नेप्सेको वेवसाइट, १५ लाख लगानीकर्ताको डाटा जोखिममा

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को वेवसाइट ह्याकरको निशानामा परेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले आफ्नो आधिकारिक वेवसाइट ह्याकरको निशानामा परेको जानकारी गराएको हो । पछिल्लो समय नेप्सेको आधिकारिक वेवसाइटमा कारोबारको विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिएका छन् । ह्याकरहरुले अनावश्यक रुपमा वेवसाइटबाट विभिन्न कोड प्रयोग गरी [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को वेवसाइट ह्याकरको निशानामा परेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले आफ्नो आधिकारिक वेवसाइट ह्याकरको निशानामा परेको जानकारी गराएको हो ।

पछिल्लो समय नेप्सेको आधिकारिक वेवसाइटमा कारोबारको विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिएका छन् ।

ह्याकरहरुले अनावश्यक रुपमा वेवसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा निरन्तर ठूलो परिणाममा विवरणहरु तान्ने प्रयास गरिरहेको नेप्सेले जनाएको छ । जसले गर्दा सेयर बजारका १५ लाख लगानीकर्ताको डाटा जोखिममा रहेको छ ।

यसले गर्दा नेप्सेको वेवसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्याधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएकोले यसरी अनधिकृत रुपमा वेवसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न तत्काल नेप्सेले प्राविधिक उपाय अपनाएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सूचना मार्फत जनाएका छन् ।

साथै, आगामी दिनमा पनि त्यस्ता अवैध प्रयास जारी राखेमा नेप्से कानुनी कार्वाहीको प्रक्रियामा जान बाध्य हुने उनले बताए ।

सम्बन्धित समाचारः

चन्द्र साउदजी ! वेबसाइट मात्रै बन्द गर्ने कि नेप्से नै बन्द गर्ने ?
नेप्से इन्डेक्स ट्रेड गराउन लायक छैन, नयाँ मोडालिटीमा जानुपर्छः भिष्मराज ढुङ्गाना

यस्ताे छ नेप्सेले मंगलबार जारी गरेकाे सूचनाः
[pdf id=229612]

Share News