घर जग्गा धितोमा ६० प्रतिशत कर्जा दिन राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन दिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक कार्यान्वयन सम्बन्धि एक निर्देशिका जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा बढीमा ६० प्रतिशतसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन दिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक कार्यान्वयन सम्बन्धि एक निर्देशिका जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा बढीमा ६० प्रतिशतसम्म कर्जा दिन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रित नीति मार्फ घर जग्गा धितोमा ६० प्रपतिशत कर्जा पाइने घोषणा गरेका थिए । सोही व्यवस्था कार्यान्वयन गर्न आज बैंकले सो निर्देशन दिएको हो ।

उनले मौद्रिक नीतिमो मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाएको बताएका थिए ।

निर्देशिकामा भनिएको छ, ‘काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भेल्यु बीचको अनुपात० बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । तर, नीजि आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।’

Share News