सांग्रिलाकाे घर कर्जा याेजनामा कोरोना र दुर्घटना बीमा दुबैको सुविधा पाइने

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा &#8216;सांग्रिला घर कर्जा&#8217; योजना सार्वजनिक गरेको छ । एक वर्षसम्म व्याजदर घटबढ नहुने गरी बैंकले उक्त योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार [&hellip;]</p>


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा ‘सांग्रिला घर कर्जा’ योजना सार्वजनिक गरेको छ । एक वर्षसम्म व्याजदर घटबढ नहुने गरी बैंकले उक्त योजना ल्याएको हो ।

योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् ।

साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Share News