अब ६५ वर्षभन्दा बढी उमेरको व्यक्ति पनि बैंककाे सीईओ बन्न पाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई एक आपसमा गाभ्न र गाभिनका लागि भूमीका खेल्ने ६५ वर्ष नाघेको बैंकको प्रमु्ख कार्यकारी अधिकृत पुनः सीईओमा नियुक्त हुन पाउने व्यवस्था ल्याएको छ । नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०७७आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सम्बन्धि नीति सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो । यसभन्दा अगाडि ६५ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई एक आपसमा गाभ्न र गाभिनका लागि भूमीका खेल्ने ६५ वर्ष नाघेको बैंकको प्रमु्ख कार्यकारी अधिकृत पुनः सीईओमा नियुक्त हुन पाउने व्यवस्था ल्याएको छ । नेपाल राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०७७आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सम्बन्धि नीति सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो ।

यसभन्दा अगाडि ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त÷पुनः नियुक्त हुन योग्य नहुने व्यवस्था रहेको थियो ।

अब भने २०७८ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने गरी राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

बैंकहरुलाई मर्जमा जान प्रोत्साहन गर्नका लागि केन्द्रिय बैंकले सो व्यवस्था गरेको हो ।

Share News