काठमाडौं । पोखरा फाइनान्सले नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं. १ मा २१ औं नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने उद्देश्यले क्रमशः शाखा विस्तार गदै जाने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ७ अर्व ५८ करोड रुपैयाँ तथा कर्जा लगानी ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । उक्त शाखाहरु मार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लिअरिड्ड, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिएका छन् ।