राष्ट्रिय वाणिज्य बैंकको सम्पूर्ण कर्जाको ब्याजदर एकल अङ्कमा

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको हाे । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ ।

बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको हाे ।

हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share News