ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी

<p>काठमाडौँ । झण्डै चार महिनाको लकडाउन मंगलबार रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना [&hellip;]</p>

काठमाडौँ । झण्डै चार महिनाको लकडाउन मंगलबार रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ ।

उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेरनगरेको, चालक र यात्रुले मास्क लगाएकोरनलगाएको, तोकिएको भाडादर लिएरनलिएको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए । ‘उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘हिजाेमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य पोर्टोकल अनुसार नचलाइएका ८७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई गरेको छ ।’

त्यस्तै लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो । लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधबार देखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘हिजाेमात्रै ट्राफिक नियम उल्लघंन गर्ने २६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने ।

Share News