काठमाडौं । कोभिड–१९ को कारण विशेष गरी यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले ब्याजमा भारी छुट दिने योजना ल्याएको छ ।
उक्त योजना अन्र्तरगत हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने बैंकले योजना सार्वजनिक गरेको छ ।
साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ । यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पुराउने बैकले विश्वास लिएको जनाएकाे छ ।