काठमाडौं । साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उदेश्यले सनराईज बैंकले “सनराईज सरल एस.एम.ई कर्जा” मात्र ९.९५ वार्षिक ब्याज दरमा दिने भएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था बैंकले मिलाएकाे छ ।
यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका सनराईज बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्ने बैंकले जनाएकाे छ ।