कोरोना जोखिम भत्ता अझै पाएनन् चिकित्सकले, सरकार भन्छः पठाइसक्यौं

<p>काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइसको जोखिम कम गर्न खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिम भत्ता दिने घोषणा गरेपनि उनीहरुले भने भत्ता नपाएको गुनासो गरेका हुन् । सरकारले जोखिम भत्ता पाउने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइसको जोखिम कम गर्न खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिम भत्ता दिने घोषणा गरेपनि उनीहरुले भने भत्ता नपाएको गुनासो गरेका हुन् ।

सरकारले जोखिम भत्ता पाउने निर्णय गरेको करिब ४ महिना बितिसक्दा पनि उनीहरुले कोरोना जोखमि भत्ता नपाएको बताएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गत चैत ९ गते कोरोना भाइरस (कोभिड १९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपल्ब्ध गराउने निर्णय गरेको थियो ।

यस सम्बन्धि सरकारले कसले कति रकम पाउने भनेर कार्यविधी पनि तयार पारिसकेको छ ।
देशकै सबैभन्दा पहिला कोरोना भाइरस उपचारमा खटिने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पततालमा कार्यरत चिकित्सकहरुले समेत अहिलेसम्म कोभिड १९ जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत एक चिकित्सकले कोभिड १९ जोखिम भत्ता को बारेमा धेरै कुरा हुँदै आएको भएपनि अहिलेसम्म नपाएको गुनासो गरे । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबीच कोरोना भत्ता पाउने सम्बन्धि हल्ला भइरहेको भएपनि अहिलेसम्म कसैले नपाएको उनको भनाई छ ।

यस्तै, सोही अस्पतालमा कार्यरत अर्का चिकत्सकले पनि कोरोना जोखिम भत्ता नपाएको गुनासो गरे । ‘भत्ता पाइने भनेको सुनिएको थियो, अहिले सम्म पाएका छैनौं,’ उनले भने ।
तर अस्पतालका निर्देशक डा सागर राज भण्डारीले मन्त्रालयबाट रकम आइसकेको बताए । ‘मन्त्रालयबाट रकम आइसकेको छ, हामीले चिकित्सकको खातामा पठाउन बाँकी नै छ, आजभोल सबै पठाइसक्छौं,’ उनले भने ।

यस्तै, कोभिड १९ उपचारमा खटिएका पाटन अस्पतालका चिकित्सक तथा कर्मचारीले कुनै पनि रकम नपाएको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रो.डा. पारस कुमार आर्चायको अनसुार अहिलेसम्म कोभिड १९ भत्ताको लागि आफुहरुलाई कुनै पनि रकम नआएको बताएका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गतको टेकुस्थित स्वास्थ्य सेवा विभागका अन्तर्गत रहेको कार्यालयका कर्मचारीहरुले कोभिड १९ भत्ता नपाएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले भने सबै रकम सम्बन्धित अस्पताल तथा कार्यलयमा पठाइसकेको बताएको छ ।

सरकारले गत आर्थिक वर्षको असारमसान्तसम्म सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरिसक्ने बताएको थियो । तर चालु आर्थिक वर्ष सुरु भएर एक हप्ता बितिसक्दा पनि उनीहरुले रकम पाएका छैनन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै रकमहरु सम्बन्धित अस्पतालमा पठाइसकेको बताए । गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल भने आफुहरु अन्तर्गत नरहेको बताएका छन् । उनीहरु त्रिभुवन विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको उनले बताए ।

सरकारले बजेटमार्फत कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सबैलाई कसैलाई शतप्रतिशत र कसैलाई ५० प्रतिशत र कसैलाई २५ प्रतिशत भत्ता दिने बताएका थिए ।

सम्बन्धित समाचार: 

सरकारले चिकित्सकलाई धन्यवाद मात्र दियाे काेराेना जोखिम भत्ता दिएन

Share News