काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले शुक्रबार १९ औ शाखाको रुपमा कपिलवस्तु जिल्लाको तौलिहवा बजारमा शाखा विस्तार गरेको छ ।
प्रदेश नम्बर ५ का क्षेत्रिय प्रबन्धक बरुण पौडेल र तौलिहवा शाखाका शाखा प्रबन्धक नविनबहादुर श्रेष्ठको समुपस्थितिमा १९ औ शाखा विस्तार भएकाे हाे ।
यस संस्थाको प्रदेश नम्बर १ मा चारवटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय रहेको छ भने तौलिहवामा उन्नाइसौं शाखा कार्यालयको सुरुवात पछि प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयहरु सहित जम्मा २१ वटा शाखा कार्यालयहरु संचालनमा छन् ।
यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड रहेको छ भने निक्षेप संकलन रु.४ अर्ब ८४ करोड तथा कर्जा लगानी रु.३ अर्ब ७१ करोड प्रवाह भएको छ ।