काठमाडौं। नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेच्छिक गरेको छ। नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरलाई स्वेच्छिक गरेका बताएका छन् ।
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरु २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे उनीहरुलाई विशेष छुट दिने व्यवस्था भएकाे उनले बताए ।
एक आपसमा गाभिने बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त सुविधा दिइने छ । उनले त्याे सुविधा तथा छुटकाे व्यवस्था २०७९ सम्म कायम हुने उनकाे भनाई छ ।
बैंक तथा वित्तीय संस्था मर्जरमा गए वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने र सीआरआर आधा प्रतिशत बिन्दु छुट दिइने छ ।
संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ।
बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्ने सुविधा पनि दिइने व्यवस्था रहेकाे उनले बताए ।