काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनलाई थप प्रोत्साहन दिने कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार आगामी असार मसान्तभित्रमा मर्जर वा एक्विजिसनमा गएर एकीकृत कारोबार संचालन गरेका बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद अनुपात (सीआरआर) मा ०.५ प्रतिशत छुट पाउने भएका छन् । यस्तै, बैधानिक तरलता अनुपातमा १ प्रतिशत छुट दिने, बैंक तथा वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृतको लागि लाग्ने कुलिङ पिरियड नलाग्ने र संस्थागत निक्षेपको सीमा सम्बन्धमा पनि केही सुविधा दिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
एकाघरका तथा व्यवसायिक साझेदारहरुको प्रमुख लगानी रहेका बैंक वित्तीय संस्थाहरुको मर्जर र एक्विजिसनलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकको भनाइ छ ।