नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निष्काशन सम्झौता

<p>काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच स्थानिय बासिन्दा एवम् सर्वसाधारणमा सेयर निष्कासन एवम् प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच स्थानिय बासिन्दा एवम् सर्वसाधारणमा सेयर निष्कासन एवम् प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

Share News