
काठमाडौं । कामना सेवा विकास बैंकले कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकले असार १४ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
यससँगै अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सकिने छ ।
काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।