आइतबार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

<p>काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । कांग्रेसको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

कांग्रेसको १३ औं महाधिवेशन वि.सं २०७२ फागुनमा भएको थियो । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई अगाडि बढाएकाे थिए ।

Share News