
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल यो शनिबार(असार १४ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना सेवाहरु खुल्ला गर्ने भएको हो ।
यस क्यापिटल हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार १४ गते लघुवित्तको सेयर भर्ने अन्तिम दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।