
काठमाडाैं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘इन्कम ग्यारेन्टेड फण्ड’ नामक नयाँ लगानी व्यवस्थापन योजना संचालन गरेको छ । क्यापिटलले अवकाश प्राप्त व्यक्ति, गृहणी, नियमित आय आवश्यक पर्ने व्यक्तिहरु तथा जोखिम लिन नचाहने लगानीकर्ताहरुलाई मध्यनजर गर्दै यो योजना संचालनमा ल्याइएको हो ।
यो योजना अन्तर्गत लगानीकर्ताहरुले निश्चित प्रतिफल प्राप्त गर्नेछन् । यो योजना असार ११ गतेदेखि समिति अवधिको लागि लागु हुनेछ ।
हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बचत खाता तथा मुद्धती निक्षेप खातामा दिने ब्याजदर घटाईरहेको अवस्थामा लगानीकर्ताहरुले यस योजनामा सहभागी हुँदा उचित प्रतिफल लिन सक्नेछन् ।
यस सम्बन्धमा थप जानकारीको लागि टोल फ्रि नं. १६६ ०११ २२२२२ वा मोवाईल नं. ९८५१२७३१४९ मा सोझै सम्पर्क गर्न सकिनेछ । साथै, ईमेल ठेगाना [email protected] मार्फत समेत आवश्यक जानकारी प्राप्त गर्न सकिने संस्थाले जनाएकाे छ ।