आज सातै प्रदेशको बजेट आउने, सबैकाे बजेट १० प्रतिशत बढीले घट्ने

<p>काठमाडाैं । आज सातै प्रदेश सरकारले बजेट ल्याउने भएका छन् । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउने भएका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था अनुसार नै प्रदेश सरकारले बजेट ल्याउने छन् । सबै प्रदेश सरकारले चालु वर्षमा विनियोजन [&hellip;]</p>

काठमाडाैं । आज सातै प्रदेश सरकारले बजेट ल्याउने भएका छन् । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउने भएका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था अनुसार नै प्रदेश सरकारले बजेट ल्याउने छन् ।

सबै प्रदेश सरकारले चालु वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँदै छन् । प्रदेश सरकारलाई सबैतर्फका स्रोत खुम्चेको अवस्थामा प्रदेश सरकारलाई बजेट घटाउनुपर्ने बाध्यता आएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका थिए । यस्तै, प्रदेश सरकारले पनि बजेट घटाएर ल्याउँदैछन् ।

प्रदेश सरकारको पहिलो, दोस्रो स्रोत १० प्रतिशभन्दा खुम्चिसकेको छ भने तेस्रो स्रोत पनि कम हुने अनुमान गरिएको छ । प्रदेश सरकारको पहिलो स्रोत केन्द्र सरकारले दिने अनुदान हो ।

बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् ।

आगामी आर्थिक वर्षका लागि सातै सरकारले बजेटकाे प्राथिमकतामा कृषि,राेजगारी र शिक्षा क्षेत्र परेका छन् ।

Share News