सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने

<p>काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेश हुने भएको छ। सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन्। त्यसअघि प्रि बजेट छलफल हुने भएको छ। वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम पेश गरिने छ । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसदको बजेट अधिवेशन भने वैशाख २६ [&hellip;]</p>

काठमाडाैं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसदमा पेश हुने भएको छ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

त्यसअघि प्रि बजेट छलफल हुने भएको छ। वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने र त्यसपछि नीति तथा कार्यक्रम पेश गरिने छ ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसदको बजेट अधिवेशन भने वैशाख २६ गतेबाट सुरु हुँदैछ।

Share News