वैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय

<p>काठमाडाैं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले आउँदो वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हाे । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान छ । बजेट अधिवेशन भएकाले बैशाख अन्तिम साताभित्र संसद बैठक डाक्नुपर्ने अवस्था [&hellip;]</p>

काठमाडाैं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले आउँदो वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हाे ।

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान छ । बजेट अधिवेशन भएकाले बैशाख अन्तिम साताभित्र संसद बैठक डाक्नुपर्ने अवस्था थियो । बजेट अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ ।

Share News