महिला सहयात्रा लघुवित्तले घरेलु लघुवित्तलाई प्राप्ति गर्ने, भयो एमओयूमा हस्ताक्षर

<p>काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि आइतबार दुई संस्थाबीच सहमति पत्र(एमओयू) मा हस्ताक्षर भएको छ । लघुवित्त संस्थाहरुलाई थप प्रबल र सक्षम बनाई ठूलो आकारको वित्तीय संस्था बनाई लघुवित्तको स्तर उन्नती गर्न नेपाल राष्ट्र बैंकको उदेश्य बमोजिम अबका दिनहरुमा प्रभावकारी वित्तीय सेवा [&hellip;]</p>

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि आइतबार दुई संस्थाबीच सहमति पत्र(एमओयू) मा हस्ताक्षर भएको छ ।

लघुवित्त संस्थाहरुलाई थप प्रबल र सक्षम बनाई ठूलो आकारको वित्तीय संस्था बनाई लघुवित्तको स्तर उन्नती गर्न नेपाल राष्ट्र बैंकको उदेश्य बमोजिम अबका दिनहरुमा प्रभावकारी वित्तीय सेवा प्रदान गर्न मर्जर प्राप्तिको माध्यमबाट राष्ट्रिय स्तरमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने हेतुले उक्त सम्झौता भएकाे हाे ।

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे ।

हाल महिला सहयात्रा लघुवित्तकाे चुक्ता पुँजी १२ करोड १० लाख रहेको छ । संस्थाले २१ जिल्लामा ३४ शाखा स्थापना गरि ३५ हजार १६० सदस्यहरु मध्ये २१ हजार २५५ ऋणी सदस्य मार्फत १ अर्ब ३६ करोड लगानीमा रहिरहेका कर्जा प्रवाह गरिएको छ ।

त्यस्तै, घरेलु लघुवित्त वित्तीय संस्थाकाे चुक्ता पुँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाले ११ जिल्लामा १३ वटा शाखा स्थापना गरि ५ हजार २६३ सदस्यहरु मध्ये ३ हजार ६५२ ऋणी सदस्य मार्फत २० करोड लगानीमा रहिरहेका कर्जा
प्रवाह गरिरहेकाे छ ।

घरेलुलाई प्राप्ति गरे पश्चात बन्ने नयाँ संस्था महिला सहयात्राकाे चुक्ता पुँजी २० करोड पुग्ने छ । साथै, देशभरी ७७ वटै जिल्लामा उद्यमशिलताको विकास गर्ने संस्थाकाे उद्देश्य रहेकाे छ ।

महिला सहयात्राकी अध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले दुई संस्थाको विकासका लागि र महिला इम्पावरमेन्ट बढाउनका लागि एक्विजिसन कोशढुङ्गा हुने बताइन् ।

Share News