सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवामनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम बैंकको सम्पूर्ण शाखामार्फत सजिलै भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ८९ वटा [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवामनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम बैंकको सम्पूर्ण शाखामार्फत सजिलै भुक्तानी पाउन सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।

Share News