
काठमाडौं । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त खाता सञ्चालनमा ल्याएको हो ।
यस खाता खोल्ने ग्राहकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको ओषधीउपचार बीमा सुविधा पाउने छन् । जसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने संस्थाको विश्वास छ ।
विकास बैंकले हाल ११८ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै, संस्थाले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।