काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । प्रदेश ४,५,र ६ मा रहेका शाखा कार्यालयको ३६ जना सहायक स्तरका कर्मचारीहरुको सहभागितामा माघ २७ र २८ गते उक्त तालिम संचालन भएको हो ।
कार्यक्रममा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागी कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिएका थिए ।
तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य, लघुवित्त कार्यक्रमको वर्तमान अवस्था,सहायक कर्मचारीको काम कतव्य, साथै “स्वच्छ र ईमान्दार कर्मचारी ,हाम्रो अभियान” उद्देश्य सहित संस्थाको कम्पनी सचिव कमल कुमार काफ्लेले प्रकाश पारेका थिए ।
यस कार्यक्रममा लघुवित्त व्यवस्थापन,बचत तथा कर्जाको प्रोडक्ट,कर्जा विश्लेषण,धितो कर्जा मुल्यांकन तथा आधारहरु र कर्जा सम्बन्धी कैफियतहरु सुधारको बारेमा विभागीय प्रमुख निराजन श्रेष्ठले सिकाएका हुन् । शाखाको विकास तथा राम्रो व्यवस्थापन गर्न ,केन्द्र बैठक व्यवस्थापन,संस्थागत संस्कार र कर्मचारी व्यवहारसँग सम्बन्धित आवश्यक कुराहरु विभागीय प्रमुख सुजीत खतिवडाले सिकाएका थिए ।
त्यस्तैगरी, कर्जा जोखिम व्यवस्थापन तथा कर्जा असुली सम्बन्धी आवश्यक कुराहरु श्री शकंर थापा र सुचना प्रबिधि,ट्याबलेट बैन्किङ ,कर्जा सुचना केन्द्रबाट लिने साख सुचनासँग सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा सन्जीब मानन्धरले सिकाएका थिए ।
यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।