
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ६ अर्बले बढेर ५० अर्ब रुपैयाँ पुगेको छ । गत आवको दोश्रो त्रैमाससम्ममा बैंकले ४४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
त्यस्तै, बैंककाे खुद व्याज आम्दानी एक अर्ब १९ करोड रुपैयाँ र संचालन आम्दानी १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको पुँजी प्रयाप्तता घटेर १५.९२ प्रतिशत, निष्कृय कर्जा(एनपीएल) घटेर २.६९ प्रतिशत, सीसीडी रेसियो घटेर ७७.४६ प्रतिशत र बेस रेट(आधार दर) घटेर १०.९८ प्रतिशतमा रहेको छ ।