एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, भयाे प्रारम्भिक सम्झौता

<p>काठमाडौं । “क” वर्गको एनएमबि बैंकले राष्ट्रिय स्तरको “ख” वर्गको कञ्चन डेभपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच माघ १६ गते(आइतबार) सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । [&hellip;]</p>

काठमाडौं । “क” वर्गको एनएमबि बैंकले राष्ट्रिय स्तरको “ख” वर्गको कञ्चन डेभपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच माघ १६ गते(आइतबार) सम्झौता भएको हो ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

एनएमबि बैंकको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको “क” वर्गको बैंक हो । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई सो क्षेत्रका सर्वसाधारणहरुलाई थप बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने कम्पनीको विश्वास छ ।

Share News