नेप्से २८ अंकले बढेर उच्च बिन्दुमा, नेपाल लाइफसहित ६ वटा बीमा कम्पनीको बढी कारोबार

<p>काठमाडौं । नेप्से परिसूचक एक सातामा २८ अंकले उकालो लागेको छ । गत माघ १० गते १२९७ अंकमा रहेको परिसूचक माघ १६ गतेसम्म बढेर १३२५ अंकमा पुगेको छ । जुन यस साताकै उच्च बिन्दु हो । गत साताभन्दा यो साता नेप्से परिसूचकमा सुधार देखिएको छ । साताको पहिलो दिन आईतबार नेप्से १२७६ अंकमा रहेको थियो [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचक एक सातामा २८ अंकले उकालो लागेको छ । गत माघ १० गते १२९७ अंकमा रहेको परिसूचक माघ १६ गतेसम्म बढेर १३२५ अंकमा पुगेको छ । जुन यस साताकै उच्च बिन्दु हो ।

गत साताभन्दा यो साता नेप्से परिसूचकमा सुधार देखिएको छ । साताको पहिलो दिन आईतबार नेप्से १२७६ अंकमा रहेको थियो । त्यसपछि निरन्तर उकालो नेप्से बुधबार सामान्य एक अंकले घटेको थियो । तर बिहीबारको बजारले सुधारको गति लिएको छ । सो दिन नेप्से परिसूचक १९.५१ अंकले बढेर १३२५.३८ अंकमा आईपुगेको छ ।

सातादिनमा परिसूचक उकालो लागेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा घटेको छ । चालु सातामा पाँच दिनको कारोबारमा कूल ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत साताको तुलनामा २ अर्ब रुपैयाँ घटी हो । पछिल्लो साता सेयर बजारमा ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, यस साता कारोबार संख्या पनि घटेको छ । गत साता ८६ हजार ४९० पटक कारोबार भएको थियो भने यस साता जम्मा ७२ हजार १८८ पटक सेयर कारोबार भएको छ ।

पाँच दिनको कारोबारमा सबैभन्दा बढी कारोबार गर्नेको टप टेन लिष्टमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको २१ करोड ६८ लाख, प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ९६ लाख, गुराँस लाइफ इन्स्योरेन्सको १७ करोड ६७ लाख, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड ९७ लाख र शिखर इन्स्योरेन्स कम्पनीको १६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंक र प्रभु बैंक मात्रै बढी कारोबार गर्नेको टप टेन लिष्टमा परेका छन् । यी दुई बैंकको क्रमशः २९ करोड ४२ लाख र १७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लघुवित्त संस्थामध्ये डिप्रोक्स लघुवित्त र ग्रामिण विकास लघुवित्तको क्रमशः १६ करोड ८२ लाख र १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share News