आरबिबि मर्चेन्टको ५औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय वाणिज्य बैंक झै स्थापित हुन प्रोत्साहन

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको आथित्यतामा सम्पन्न भएको हो । समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको आथित्यतामा सम्पन्न भएको हो ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराएका छन् । उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए ।

समारोहमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाईन प्रणाली लागू भैसकेको तथा बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भैरहेको जानकारी दिए ।

मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रथामिक सेयर सर्वसाधारण समुहलाई निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्गसँग सम्झौता भए बमोजिम उक्त निष्काशनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराएका छन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्सव समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि राष्ट्रिय वाणिज्य बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिएका छन् ।

Share News