
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पाएको छ । यससँगै क्यापिटलले मर्चेन्ट बैंकरको रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्नेे छ ।
यस अनुमतिपश्चात माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।
चुक्ता पुँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटलले उपरोक्त सेवाहरु प्रदानगर्नकालागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराएका हुन् ।
यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने क्यापिटलले बताएको छ ।