नेशनल माइक्रोफाइनान्सद्धारा चिसो प्रभावितलाई न्यानो कपडा वितरण

<p>काठमाडाैं । नेशनलमाइ क्रोफाइनान्स वित्तिय संस्था शाखा कार्यालय सिम्रौनगढले चिसो प्रभावित ग्राहकलाई न्यानो कपडा वितरण गरेको छ । सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढस्थित नेशनलमाइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढमा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ५५जना लाई कम्बल वितरण गरेको हो । उनीहरुलाई संस्थाले एक थान कम्बल वितरण गरेकोण गरेको हो । कार्यक्रममा प्रमुख [&hellip;]</p>

काठमाडाैं । नेशनलमाइ क्रोफाइनान्स वित्तिय संस्था शाखा कार्यालय सिम्रौनगढले चिसो प्रभावित ग्राहकलाई न्यानो कपडा वितरण गरेको छ ।

सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढस्थित नेशनलमाइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढमा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ५५जना लाई कम्बल वितरण गरेको हो ।
उनीहरुलाई संस्थाले एक थान कम्बल वितरण गरेकोण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी रामबहादुर यादवले संस्थाले बित्तीय सेवाको साथै गैर बित्तीय सेवातर्फ समते सचेत रहि सदस्यतथा समुदायको हकहितको लागि सैदव विभिन्न कार्यको माध्यमबाट सेवा प्रदान गर्दै आएको तथा भविष्यमा समेत समाजिक उत्तरदायित्व अन्तर्गतको कार्य निरन्तर गर्न आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्ष रमेश प्रसाद कुशवाहाले सिम्रौनगढ शाखा कार्यालयमा आवद्ध रहेका सदस्यहरु मध्ये विपन्न दलित ५५ जनासदस्यहरुलाई संस्थाले अत्यधिक चिसो कम गर्न कम्बल वितरण कार्यक्रम गरेको असाध्यै उदाहरणीय रहेको धारणा राखे । कार्यक्रममा एक सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

Share News