प्रोग्रेशिभ फाइनान्सको २३औं वार्षिक साधारण सभा सम्पन्न, थप ४ वटा शाखा विस्तार गर्दै

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा सोमबार(पुस २८ गते) ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा सम्पन्न भएको हो । सो साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । हाल यस [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा सोमबार(पुस २८ गते) ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा सम्पन्न भएको हो ।

सो साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।

हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा दिईरहेको छ । संस्थाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखातथा ४ एक्सटेन्सन काउन्टरको संजालमार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ ।

Share News