गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ । संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ ।

संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ ।

संस्थाको चुक्ता पूँजी रु ८० करोड रहेकोमा हाल सम्ममा निक्षेप रु. ४ अर्व २३ करोड तथा कर्जा रु.३ अर्ब ४८ करोड पुगेको छ । यस संस्थाको हाल सम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेको छ ।

Share News