काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सोमबार २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभा कक्षमा संचालन गरिएको सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गरेका थिए ।
महर्जनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने धारणा व्यक्त गरेका छन् ।
सो सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।
हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ ।