एनएमबि बैंककाे अध्यक्षमा गोल्याण पुनः निर्वाचित

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले पवनकुमार गोल्याणलाई एनएमबि बैंकका संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । बिहीबार एनएमबि बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले गोल्याणलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो । हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओका संस्थापक शेयरधनी नीको पिल, कर्मचारी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले पवनकुमार गोल्याणलाई एनएमबि बैंकका संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । बिहीबार एनएमबि बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले गोल्याणलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो ।

हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओका संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषका संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।

Share News