पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको दुई पाइप, यस्ता छन् विशेषता

<p>काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको पाईपहरु नेपाल भित्र्याएको छ । कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गरी &#8216;फेल्म प्रो पाईप तथा फिटिङ्गस्(फाइर स्प्रिंकल सेरिज)&#8217; र &#8216;ट्रान्सप्यारेन्ट फिटिङ्स&#8217; नामक दुई उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण गरेको हो । जसमध्ये फेल्म प्रो पाईपहरु आगो प्रतिरोधात्मक, [&hellip;]</p>

काठमाडौं । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको पाईपहरु नेपाल भित्र्याएको छ । कम्पनीले शुक्रबार एक पत्रकार सम्मेलन गरी ‘फेल्म प्रो पाईप तथा फिटिङ्गस्(फाइर स्प्रिंकल सेरिज)’ र ‘ट्रान्सप्यारेन्ट फिटिङ्स’ नामक दुई उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण गरेको हो ।

जसमध्ये फेल्म प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन-कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फाइर स्प्रिंकलको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ट्रान्सप्यारेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिस्यूइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्र्डडबाट बनाईने हु“दा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

Share News