बीएफआईएनको २० प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्वाचित, हकप्रद शेयर प्रस्ताव भने स्थगित

<p>काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल(बीएफआईएन)ले प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । बिहीबार लाजिम्पाटस्थित र्याडिसन होटलमा सम्पन्न संस्थाको पहिलो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर (कर सहित) पाउने [&hellip;]</p>

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल(बीएफआईएन)ले प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । बिहीबार लाजिम्पाटस्थित र्याडिसन होटलमा सम्पन्न संस्थाको पहिलो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर (कर सहित) पाउने छन् ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डां. विनोद आत्रेयको अध्यक्षतामा सम्पन्न भएको उक्त सभा सभाले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु, लेखापरीक्षकको नियुक्ती एवम् पारिश्रमिक समेत सभाले पारित गरेको छ ।

यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना संचालकहरुलाई निर्वाचित गरेको छ । कम्पनीको सञ्चालक समितिमा इमर्जिङ नेपालको तर्फबाट डा. विनोद आत्रेय, ग्लोबल आईएमई बैंकको तर्फबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैैंकको तर्फबाट दिपककुमार श्रेष्ठ, महालक्ष्मी विकास बैंकबाट दिपेश लम्साल र एनआईसी एशिया बैंकको तर्फबाट नारायण प्रसाद नेपाल निर्वाचित भएका छन् ।

कम्पनीको सल्लाहकार समिति गठन गर्ने विशेष प्रस्ताव साधारण सभाले पास गरेको छ । यसैगरी, विशेष प्रस्तावतर्फको हकप्रद शेयर जारी गर्ने संचालक समितिको प्रस्ताव भने सभाले हाललाई स्थगित गरेको छ ।

Share News