कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू वर्षको मङ्सिर मसान्तसम्म रु साढे २१ करोड ४९ लाख ५४ हजार २५८ राजश्व सङ्कलन गरेको छ ।
सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताब, व्यवसाय रजिष्टेशन दस्तुर, यातायात क्षेत्रको आम्दानी तथा अन्य प्रशासनिक सेवा शुल्कलगायतका विभिन्न राजश्व शीर्षकबाट सो राजश्व सङ्कलन भएको निमित्त प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।
सबैभन्दा बढी सवारी साधन करबाट रु १६ करोड २६ लाख ६२ हजार ८५२ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार ३ सय राजश्व सङ्कलन गरेको उनले जानकारी दिए । कार्यालयले गत आव २०७५/०७६ मा विभिन्न राजश्व शीर्षकबाट रु ३९ करोड ९० लाख ६१ हजार ५०५ राजश्व सङ्कलन गरेको थियो ।