
काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । उक्त कार्यलयको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गरेका हुन् ।
यो सँगै मेटलाइफको कूल कार्यालय ३१ पुगेको छ भने काठमाडौं उपत्यकामा मात्रै १० वटा विस्तार भइसकेकाे छ । यस कार्यालयले काठमाडौंको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ ।
रवि भवन कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनर्स्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन् ।