स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीद्धारा सपथ ग्रहण

<p>काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष लालमणी जोशीले सपथ ग्रहण गरेका छन् । अध्यक्ष जोशीले बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित एक समारोहकाबीच निर्देशक रोशन कुमार सिग्देलबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् । संस्थाको पाँचौ बार्षिक साधारण सभाबाट संचालक निर्वाचित भई संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो [&hellip;]</p>

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष लालमणी जोशीले सपथ ग्रहण गरेका छन् । अध्यक्ष जोशीले बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित एक समारोहकाबीच निर्देशक रोशन कुमार सिग्देलबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् ।

संस्थाको पाँचौ बार्षिक साधारण सभाबाट संचालक निर्वाचित भई संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंकले एक समारोहको आयोजना गरी सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका निर्देशकलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक बिराटनगर शाखाका प्रमुख तथा निर्देशक रोशन कुमार सिग्देलले सञ्चालक समिति नै संस्थाको मुख्य अंग भएकोले संस्थाको हरेक क्रियाकलापलाई नजिकबाट निहाल्न, आन्तरिक लेखा परीक्षण बलियो बनाउन तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति तथा निर्देशनको पालना गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, नेपाल राष्ट्र बैंक विराटनगन का उप निर्देशकहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

Share News