नेपाल बंगलादेश बैंकद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

<p>काठमाडौं । नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।

सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थिए । कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।

Share News