घरेलु लघुवित्तको प्रथम वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष ११ गते काभ्रेको बनेपा स्थित पन्चकन्या व्याङक्वेटमा सम्पन्न भएको हाे । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्त सम्मको वासलात तथा नाफा÷नोक्सान हिसाब, नगद [&hellip;]</p>

काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष ११ गते काभ्रेको बनेपा स्थित पन्चकन्या व्याङक्वेटमा सम्पन्न भएको हाे ।

उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्त सम्मको वासलात तथा नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरेकाे थियाे ।

आ.व.२०७६/७७ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा संस्थाले अन्य ईजाजतपत्र प्राप्त घ वर्गका कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने  र कुनै  वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै संस्थाको प्रथम वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत  लक्ष्मी पोख्रेलले जानकारी दिए । यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News