एभरेष्ट बैंकको योजनाः मासिक ९ हजार रुपैयाँ किस्तामा घर कर्जा पाइने

<p>काठमाडौं । एभरेष्ट बैंकले मध्यम तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३ सय ६३ रुपैयाँ मात्रको होम लोन ल्याएको हो । यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले मध्यम तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३ सय ६३ रुपैयाँ मात्रको होम लोन ल्याएको हो ।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

एभरेष्ट बैंकको ग्राहकको संख्या १० लाखभन्दा धेरै रहेको बैंकले जनाएको छ । हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

बैंकले ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News