प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एकापसमा गाभिँदै, चुक्ता पुँजी ८० करोड पुग्ने

<p>काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएको छ । उक्त मर्जर सम्बन्धी समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् । समारोहमा प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएको छ । उक्त मर्जर सम्बन्धी समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल तथा समृद्धि क्यापिटल लिमिटेडका सञ्चालकहरुको उपस्थिती थियो ।

यी दुई क्यापिटल गाभिएपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।

Share News