काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यो मर्जर संम्झौतापछि संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्था रहनेछ । संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहनेछन् ।
संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आधीँखोला लघुवित्तका डोलराज के.सी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको बताइएको छ । मर्जरपछि संस्थाको कार्यालय पोखरा म.न.पा.–९ मा रहनेछ । सयुंक्त कारोबार २०७७ वैशाख १ बाट गर्ने योजना रहेको छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ ।