काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । थापाले सेवाग्राहीको महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानुन बमोजिम पक्राउ गर्नु पर्नेमा सो नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाएका थिए ।
यसरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक जय नेपाल थापालाई घुस वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।
थापालाई ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध शाकाहारी खाजाघरबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।