डिभिजन सडक कार्यालयका सिडिई श्रेष्ठ र महर्जन २० लाख घुस रकमसहित नियन्त्रणमा

<p>काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई २० लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । । उनीहरुले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेका थिए । कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको [&hellip;]</p>

काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई २० लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । । उनीहरुले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेका थिए ।

कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको लागि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजहरुलाई रोयल अलिना बेकरी क्याफेबाट उक्त रकमसहित पक्राउ गरेको हो ।

मंगलबार नियन्त्रणमा लिएका ती दुईको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइराला बताएका छन् ।

Share News